0 COMMENTS

जीतपुर, कपिलवस्तु, १९ पुस ०७४/ यहाँ एउटै वडाका दुई जना महिला बेपत्ता भएका छन् ।बाणगंगा नगरपालिका वडा नं ९ भलवाडका दुईजना महिला १४ दिनदेखि बेपत्ता भएका हुन् । बक्सीसपुर टोलमा घर भएकी २२ वर्षीया गीता गुरुङ यही मंसिर २४ गतेदेखि र भलवाड घर भएकी राधा नेपाली परियार पुस ५ गतेदेखि बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ ।

अर्घाखाँची गौचौर माइती घर भएकी गुरुङ मंसिर २४ गतेदेखि बेपत्ता भएकी हुन् । गुरुङ मंसिर १५ गते अढाइ वर्षको छोरालाई लिएर माइत गएको नन्द धना गुरुङले बताउनुभयो । उता माइतीमा तीनदिन बसेपछि घर जान्छु भन्दै बस चढेको माइती परिवारले बताएको छ ।

म घर आईपुगेँ भनेर आफूलाई समेत फोन गरेको उनकी आमाले बताउनुभयो । माइत गएको धेरै दिन भयो, भाउजु अझै आउनु भएन भन्दै नन्दले माइतमा फोन गर्दा बल्ल हराएको पुष्टि भएको हो ।

उनकी सासूले गहभरि आँशु पार्दै भन्नुभयो, “हाम्रा आफन्त भएका सबै ठाउँमा खोजियो कतै पत्ता लगाउन सकिएन, अरुभन्दा नि नातिको सारै याद आउँछ ।”

यस्तै, यही पुुस ५ गतेदेखि बेपत्ता भएकी अर्की महिला राधाको घटना भने फरक छ । मलाई कसैले नखोज्नुहोला भन्ने एक पान्नाको चिठी लेखी घरमा छोडेकी राधा कहाँ गइन् भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको उनका ससुरा छन्दबहादुर परियारले बताउनुभयो ।

पत्रमा कुनै ठाउँमा जान्छु भनेर स्पष्ट नलेखेको परियारले बताउनुभयो । सबै ठाउँमा खोजी गरिएको तर अहिलेसम्म पत्ता लगाउन नसकिएको पारिवारिक स्रोतले बताएको छ ।

गीता गुरुङका श्रीमान् मलेसियामा र राधाका श्रीमान् ओमनमा हुनुहुन्छ । दुवै परिवारले इलाका प्रहरी कार्यालयमा खोजिदिनका लागि निवेदन दिएको र खोजीकार्य भइरहेको प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिनुभयो । दुवै परिवारले खोजिदिनका लागि सबैसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।