0 COMMENTS

काठमाण्डाै१९पुस०७४/  खाली जमिनको तीनतिरै फराकिलो सडक छन् ।सडक किनारमा साँधुरै भए पनि टायल विच्छ्याएर फुटपात बनाईएको छ ।सडकभित्रको करिव ३५ रोपनी खाली जमिन धुलाम्य छ ।

सुस्तरी हावा चले पनि सासै फेर्न गाह्रो हुने गरी धुलो उड्छ ।धुलाम्य जमिनमा कतै भारतीय नम्बर प्लेट भएका ठुला मालवाहक ट्रक रोकिएका छन् त कैत रात्रिवस ।ट्रयाक्सी टिपर, टाटा मोबाईल सबैको पार्किङ स्थल पनि यही हो ।बचेको ठाउँमा गाडी र मोटरसाईकल सिक्ने पनि भेटिन्छन् ।यो हो काठमाडौंको कोटेश्वरस्थित तीनकुने ।

यसलाई ‘तीनकुने पार्क’ ‘आधुनिक बगैँचा’, ‘तीनकुने शान्ति मण्डला’, अनेक नाम दिईएको छ ।तर, यो एउटा यस्तो पार्क, बगैँचा र मण्डला हो जहाँ तपाईले न एउटा फुल भेटाउनुहुन्छ न रुख नै ।अहिले सम्म तिनकुनेलाई लिएर धेरै योजना बने, तर एउटै पनि कार्यान्वयन भएन ।

वितेको तीन बर्षमा तीनकुनेमा पार्क, बगैँचा र मण्डला बनाउने नाममा करिव डेढ करोड रुपैयाँ खर्च भएको छ । अहिले देखाउन मिल्ने केहि छैन ।तीनकुने ब्राह्रमण्डमा हुने ‘ब्ल्याकहोल’ जस्तै भएको छ, प्रत्येक बर्ष लाखौँ रुपैयाँ निल्छ तर कहाँ जान्छ र के बन्छ केही देखिँदैन ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।