0 COMMENTS

काठमाडौँ १८पुस०७४/ काठमाडौं प्रहरी परिसरले एमालेका सांसद तथा पूर्वडिआइजी नवराज सिलवाललाई तुरुन्त्र पक्राउ गरी उपस्थित गराउन लालितपुर प्रहरीलाई पत्र काटेको छ । पूर्वडिआइजी एवं सांसद सिलवालको घर लालितपुर गोदावरीमा रहको छ । काठमाडौं प्रहरी परिसरको श्रोत अनुसार चलानी नम्बर ३१५२ मा पत्र काटीएको जनाएको छ ।

त्यस्तै, यता महानगरीय प्रहरी लालितपुरका एसएसपी गणेश एैरले सिलवाललाई तुरुन्त पक्राउ गर्न भन्दै काठमाडौं प्रहरी परिसरबाट पत्र आएको रातोपाटीलाई बताए ।

मुद्धा खेपिरहेका सिलवाललाई कार्यसम्पादन मूल्यांकन किर्ते गरेको आरोपमा पत्र काटेको हो । पक्राउ पर्ने डरले सिलवालले उपत्यका छाडिसकेको श्रोतले बताएको छ । उनले आफ्नो कार्यसम्पादन मूल्यांकन नम्बर धरै रहेको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए । अघिल्लो वर्ष डिआइजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने तयारी गरेपछि सिलवालले यस्तो गरेका थिए ।

मंसिरमा प्रतिनिधिसभा निर्वाचनमा लालितपुर १ बाट निर्वाचित बनेका सिलवाल आफ्नो पक्षमा फैसला नआएपछि राजीनामा दिएर एमालेमा प्रवेश गरेका थिए ।
पछिल्लो समय सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठमा उनले पेश गरेको कार्य सम्पादन मूल्यांकन सक्कली हो वा नक्कली भन्ने सम्बन्धमा अनुसन्धान गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।