विराटनगर, १८ पुस०७४/ मोरङ मुस्लिम समाजले विराटनगरलाई १ नं प्रदेशको राजधानी घोषणा गर्नुपर्ने माग गर्दै आज अपराह्नदेखि रिले अनसन शुरु गरेको छ ।
विराटनगरको वुधहाट चोकस्थित बि प्लटमा शुरु गरिएको रिले अनशनमा ताजिम अहमद, साहव अहमद गड्डु, मोहम्मद नसरुल, सम्स आलम र नासिर अहमद बस्नुभएको छ ।विराटनगरलाई राजधानी घोषणा नभएसम्म अनशन जारी रहेनरहने समाजका प्रवक्ता वसिम आलमले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्