0 COMMENTS

विराटनगर, १७ पुस ०७४/प्रदेश नं १ को राजधानी विराटनगर हुनुपर्ने माग गर्दै मोरङ मुस्लिम समाजले आज जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएको छ ।

समाजले मोरङका प्रजिअ रामप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाएको हो । प्रदेश नं १ को राजधानीका लागि विराटनगर राजनीतिक, ऐतिहासिक, सामाजिक र आर्थिक रुपमा अग्रस्थानमा रहेको समाजले जनाएको छ । आफ्ना मागलाई बेवास्ता गरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ । ज्ञापनपत्र बुझ्दै प्रजिअ आचार्यले बोधार्थ प्रधानमन्त्रीलाई तत्काल पठाइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।