0 COMMENTS

काठमाडौँ १७पुस०७४/सरकारसंग नेपालकाे अाफ्नाे राष्ट्रिय पाेशाक हुनु पर्ने माग राख्दै   काठमाण्डाैकाे बालाजुमा रहेकाे माउण्ट धाैलागीरी पार्टी प्यालेसमा अाज एक कार्यक्रमकाे अायाेजना गरीएकाे थीयाे ।

प्रस्तावित पाँचौं ‘राष्ट्रिय पोशाक दिवस’ को नाम दिदै अायाेजना गरीएकाे उक्त कार्यक्रम जनप्रिय नेता पूर्व प्रशासन मन्त्री तथा माेरङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य लाल बाबु पण्डितकाे प्रमुख अातीथ्यतामा द युथ पावर नेपाल नामक सामाजिक  संस्थाले अायाेजना गरेकाे थीयाे ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जननेता लालबाबु पण्डितले राष्ट्रिय पोशाकमा हाम्रो पहिचान झल्केको छ त्यसैले सबैको प्रतिनिधित्व गर्ने साझा पोसाक कायम गर्न आग्रह गरेका छन ।

सरकार सग राष्ट्रिय पोसाक स्थापना गर्नुपर्ने माग गर्दै द युथ पावर नेपालको अगुवाइ र अभियान्ता मुरली धिमालको संयोजकत्वमा भएको कार्यक्रममा साझा राष्ट्रिय पोशाकको माग गर्दै बिभिन्न नेपाली संस्कृती झल्कने नृत्य ,गायन तथा अन्य कला प्रदर्शनी सँगै पोसाकको महत्व बारेमा छलफल गर्दै कार्यक्रम समापन भएको  अभियान्ता दिपु खड्का हामीलाइ जानकारी गराउनु भयाे ।कार्यक्रम युथपावर नेपालका अध्यक्ष अजीत पाठकले संञ्चालन गर्नु भएकाे थीयाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।