0 COMMENTS

काठमाडौँ१७पुस०७४/ बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर बधाई दिएका छन्। आईतबार ‘प्रचण्ड’लाई भेटेरै बधाई दिएका हुन् । चुनावमा जित हासिल गरेपछि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेरै बधाई दिएका थिए ।
बाबुराम र पत्नी हिसिला यमी प्रचण्डको नयाँ निवास खुमलटारमा पुगेर प्रचण्डलाई बधाई दिएका हुन्। भेटमा प्रचण्डले बाबुरामलाई मूलधारको राजनीतिमा आउन आग्रह गरेका छन्।

‘समसामयिक राजनीतिक विषयमा कुराकानी भयो’, भेटपछि अन्नपूर्ण अनलाइनसँग कुरा गर्दै नयाँ शक्तिकी नेत्रीसमेत रहेकी यमीले भनिन्, ‘मूलधारको राजनीतिमा सहभागी हुन समेत प्रचण्डले आग्रह गर्नुभएको छ।’ प्रचण्डको आग्रहप्रति धन्यवाद दिँदै बाबुरामले राजनीतिक स्थायित्व र समृद्धिको जनताको चाहनालाई ध्यानमा राख्दै अगाडि बढ्न आग्रह गरेका छन्।

प्रचण्ड पत्नी सीता दाहालले समेत आइतबारको भेटमा बाबुरामलाई प्रचण्डसँग मिलेर अगाडि बढ्न आग्रह गरेकी छन्। प्रत्येक भेटमा जस्तै सीताले आइतबारको भेटमा तत्काल मिलेर अगाडि बढ्न आग्रह गरेको यमीको भनाइ छ। ‘भाउजू सधैं मिलेर अगाडि बढ्नुपर्छ भन्नुहुन्छ’, यमीले सीताको भनाइ उद्धृत गर्दै भनिन्, ‘तपाईंहरू तत्काल मिलेर अगाडि बढ्नुहोस्। तपाईंहरू अलग भएर होइन सँगै भएर राजनीति गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।