0 COMMENTS

गाईघाट, उदयपुर, १६ पुस ०७४/उदयपुर जिल्लाको त्रियुगा नगरपालिकालाई शनिबार एक औपचारिक कार्यक्रमबीच पूर्ण खोपयुक्त सुनिश्चित नगर घोषणा गरिएको छ ।

जिल्ला समन्वय समिति उदयपुरका उपाध्यक्ष गंगाकुमारी राईले त्रियुगा नगरलाई खोपयुक्त सुनिश्चित नगर घोषणा गर्नुभएको त्रियुगा नगरपालिका गाईघाटले बताएको छ ।

यसपटक त्रियुगा नगरपालिकामा रहेका एक हजार ९५२ जना सबै बालबालिकालाई पूर्णरुपमा खोप लगाइएका कारण अहिले नगरलाई पूर्ण खोपयुक्त सुनिश्चित नगर घोषणा गरिएको जिल्ला जनस्वास्थय कार्यालय उदयपुरका लेखा अधिकृत दुनियालाल यादवले बताउनुभयो ।

नगरका सम्पूर्ण बालबालिकामा यसपटक पूर्णरुपमा खोप सम्पन्न भएका कारण अब नगर पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको त्रियुगा नगरपालिकाका उपप्रमुख देविकुमारी चौधरीले बताउनुभयो ।त्रियुगा नगरपालिकामा हाल ८४ हजार ७५६ जनसंख्या रहेका छन् भने ६४ हजार ४०० मतदाता संख्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।