0 COMMENTS

काठमाडौँ १५,पुस०७४/ संविधानअनुसार प्रतिनिधिसभा निर्वाचन सम्पन्न भए पनि नयाँ सरकार गठनका लागि अझै डेढ महिना कुनुपर्ने देखिएको छ ।

राष्ट्रियसभा निर्वाचनपछि मात्र प्रतिनिधिसभा समानुपातिकतर्फका सांसद छनोट गर्ने संवैधानिक व्यवस्थाका कारण सरकार गठनमा ढिलाई हुने संकेत देखिएको हो ।नयाँ सरकारको नेतृत्व गर्ने अनुमान गरिएको नेकमा एमालेले भने सरकार गठनका लागि राष्ट्रियसभा निर्वाचन पर्खन नपर्ने दावी गर्दै आएको छ ।

संविधान र कानुनको अपव्याख्या गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता लम्ब्याउन खोजेको आरोप पनि एमालेले लगाउँदै आएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

‘फागुन दोस्रो साता सत्ता हस्तान्तरण’
प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन १० गतेतिर मात्रै सत्ता हस्तान्तरण गर्ने संकेत गरेका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, ‘निर्वाचन आयोगका प्रमुख आयुक्तलगायत पदाधिकारीले शुक्रबार राष्ट्रपतिबाट अध्यादेश स्वीकृत भएपछि प्रधानमन्त्रीसँगको भेटमा माघ २५ गते राष्ट्रियसभा निर्वाचन गर्ने प्रस्ताव गरेका छन्।’

आयोगको प्रस्तावअनुसार निर्वाचन भए माघ मसान्तसम्म परिणाम आउने उनले बताए। उनले भने, ‘राष्ट्रियसभा निर्वाचन परिणाम आएपछि प्रतिनिधिसभा समानुपातिकको परिणाम आयोगले दिने भएकाले फागुन १०/११ गतेतिर नयाँ सरकार गठन हुनेछ। त्यसअगावै सरकारले चाहेर पनि सत्ता हस्तान्तरण हुन सक्दैन।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।