0 COMMENTS

काठमाडौँ, १५ पुस ०७४/ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गुरुङ जातिको महान् पर्व तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण गुरुङ समुदायमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक देश हो, गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्ष आरम्भ दिनका रुपमा समेत मनाउने गरेका छन् । यस समुदायको मौलिक नयाँ वर्षका रुपमा समेत सम्पूर्ण गुरुङ समुदायको सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु”–अध्यक्ष ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष ओलीले विज्ञप्तिमार्फत एक जातिको चाडपर्वमा अर्को जातिले पनि रमाइलो गर्नु, ती चाडपर्व आफूले अंगीकार गर्नु नेपालीको मौलिक विशेषता हो भन्नुभएको छ ।
अध्यक्ष ओलीले हालैको निर्वाचनमा जनताले वाम गठबन्धनलाई स्पष्ट बहुमत दिएर देशलाई स्थिरता र विकासमा अघि बढाउने जिम्मा दिएको र त्यो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।