0 COMMENTS

काठमाडौं१५पुस०७४/  गएको मंसिर २१ गते भएको दोस्रो चरणको चुनावमा विजया कुमार गच्छदारले जितेको सुनसरी -३ को मतपेटिका मतपत्रसहित सम्पूर्ण कागजात पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनको तर्फबाट भगवती चौधरीले र लोकतान्त्रिकबाट गच्छदार उम्मेदवार हुनुहुन्थ्यो । चैधरीले दायर गरेको रिट निवेदनमाथि शुक्रबार संवैधानिक इजलासले सुनुवाई गर्दै मतपत्र, मतपेटिका र अरु कागजता पेश गर्न आदेश दिएको हो ।

चौधरीलाई तीन सय २१ मतले पराजित गर्दै नेपाली कांग्रेस उम्मेदवार विजयकुमार गच्छदार विजयी हुनुभएको थियो । गच्छादारले निर्वाचन आयोग र प्रशासनको मिलोमतोमा आफूलाई धाँधली पूर्ण तरिकाले हराएको भन्दै चौधरीले मंगलबार सर्वोच्च अदालतमा पुनः गणनाको माग गर्दै रिट निवेदन दिनुभएको थियो ।

सर्वोच्चले निर्वाचित हुनुभएका विजय गच्छदारको शपथग्रहण रोक्ने कि नरोक्ने भन्नेबारे छलफल गर्न यही पुस २१ गते दुवै पक्षलाई बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।