0 COMMENTS

काठमाडौं१५पुस०७४/ राष्ट्रियसभा निर्वाचन प्रणालीका नाममा अढाइ महिनायता जारी दलीय द्वन्द्व टुंग्याउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मन्त्रिपरिषद्को अध्यादेश स्वीकृत गरेकी छन् ।राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेकी हुन् ।

सरकारले कात्तिक ६ गते नै राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश निर्वाचन प्रणालीका विषयमा ठूला दलबीच हानथापका कारण रोकिँदै आएको थियो । एमाले र कांग्रेसबीच राष्ट्रियसभा निर्वाचन एकल संक्रमणीय पद्धतिबाट गर्ने कि बहुमतीयबाट भन्ने विवादसँगै गतिरोध लम्बिइरहँदा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति र शीर्ष नेताबीच चरणबद्ध वार्तामार्फत विवाद हल गराएका थिए । अन्नपूर्ण पोस्टमा खबर छ ।

‘दलहरूबीच विवाद र गतिरोध अन्त्यका लागि मैले राष्ट्रियसभा निर्वाचन अध्यादेश प्रमाणीकरण गरेको हो,’ शीतलनिवासमा शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटपछि राष्ट्रपतिको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘अध्यादेश प्रमाणीकरणसँगै राजनीतिक गतिरोध अन्त्य हुने र नयाँ सरकार गठनका लागि वातावरण बन्ने मेरो अपेक्षा छ ।’ राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको एक घन्टा लामो छलफल मुलुकको विद्यमान राजनीतिक परिस्थिति र भावी सरकार गठनलगायत विषयमा केन्द्रित थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।