0 COMMENTS

चौतारा, १३ पुस ०७४/ जिल्ला अदालत सिन्धुपाल्चोकले चौतारा साँगाचोकगढी नगरपालिका–११ का विदुर गिरीलाई बालिका बलात्कार गरेकामा १० वर्ष कैद र पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश दीपक खनालको एकल इजलासले आज उक्त फैसला गरेको हो । अपाङ्गतायुक्त पीडकले बालिकालाई चकलेट दिई ललाइफकाई घरमै बलात्कार गरेका थिए । घटनामा संलग्न दोषीमाथि गत कात्तिक ३ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।