0 COMMENTS

 काठमाडौं  ११ पुस०७४/ काठमाडौंको हलचोकमा रहेको सशस्त्र प्रहरीको मुख्यालयमा गत सोमबार राति भएको आलजनीमा सशस्त्र प्रहरीकै अधिकारीको संलग्नता रहेको खुलेको छ ।

राति साढे १ बजे सशस्त्रको खेल मैदानसँगै रहेको स्टोर भएको भवनमा भएको अागजनीमा सशस्त्रकै प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठको संलग्नता रहेको खुलेको हो ।

महानगरीय अपराध महाशाखाको अनुसन्धानले घटनामा श्रेष्ठको संलग्नता देखिएपछि उनलाई प्रहरी वृत, स्वयम्भूको टोलीले पक्राउ गरेको प्रहरी वृत, स्वयम्भूले जनाएको छ ।

घटनामा सशस्त्र प्रहरीको केही महत्वपूर्ण सामग्री जलेर नष्ट भएको थियो ।

सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी बाबुराम पाण्डेका अनुसार आगलागीबाट २२ लाख रुपैयाँ बढीको क्षति भएको छ ।

कुनै गोप्य कागजहरु जलाउने उद्देश्यले आगलागी भएको हुन सक्ने आशंकामा अनुसन्धान थालिएको थियो । अागजनीपछि नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले घटनास्थल पुगेर मुचुल्का तयार पारेको थियो ।

घटनाको अनुसन्धानमा प्रशासन विभागका एआइजी प्रेम शाहीको संयोजकत्वमा छानबिन समिति समेत गठन भएको थियो । त्यस्तै, गृह मन्त्रालयका सह-सचिव कृष्ण राउतकाे नेतृत्वमा समेत अागलागी बारे छानबिन गर्न समिति गठन भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।