रामपुर, पाल्पा, ११ पुस ०७४/पाल्पाको रामपुर नगरपालिका–१० रामटारमा सञ्चालन भएको एक दिने निःशुल्क आँखा शिविरबाट २१३ जना बिरामीले सेवा लिएका छन् ।
सोमबार भएको शिविरमा आँखा परीक्षण गराएकामध्ये छ जना मोतियाबिन्दुका बिरामी फेला परेका छन् । मोतियाबिन्दुका बिरामीलाई शल्यक्रियाका लागि लुम्बिनी मेडिकल कलेज, प्रभासमा रिफर गरिएको छ । अन्य बिरामीलाई आवश्यकताअनुसार निःशुल्क औषधि वितरण गरिएको किसनकुमार श्रेष्ठले बताउनुभयो ।
लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पाको आयोजना तथा प्राविधिक सहयोग, भगवती चश्मा पसल रामपुरको सहआयोजना र ज्ञानपुञ्ज युवा समाजको व्यवस्थापनमा शिविर चलेको हो ।
प्रतिक्रिया दिनुहोस्