0 COMMENTS

मलेखु, धादिङ, ९ पुस०७४/ ब्रह्मकुमारी राजयोग सेवा केन्द्र धादिङमा ॐशान्ति संग्रहालय स्थापना गरिएको छ ।
धादिङ्बेंसीस्थित ॐशान्ति टोलमा रहेको सुविधासम्पन्न भवनमा संग्रहालय, वाचनालय तथा अन्य कोठासमेत छन् । संग्रहालयमा स्वर्गको परिदृश्य, सुखशान्तिको भाव, योग साधना र यसबाट हुने फाइदा आदि कलात्मक रुपमा देखाइएको छ । शनिबार जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपाल र सेवा केन्द्र नेपालका प्रमुख राजदिदीले भवन उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।