0 COMMENTS

 काठमाण्डाै०९पुस०७४/म्यादी प्रहरी विवेक ऐडीको परिवारलाई सरकारले क्षतिपूर्ति स्वरुप २५ लाख दिने भएको हो । केही दिन अगाडि प्रहरीको गोली लागेर म्यादी प्रहरी विनोद ऐडीको ज्यान गएको थियो । गृहमन्त्रालयले प्रहरीको गोली लागेर ज्यान गुमाएका म्यादी प्रहरी ऐडीको परिवारलाई क्षतिपूर्ति स्वरुप दश लाख रकम दिने भएको हो ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीका अनुसार प्रधानमन्त्रीस्तरको निर्णयबाट गृहले चार सदस्यीय छानबिन समिति गठन गरेको थियो । उक्त समितिमा गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विक, प्रहरी नायव महानिरीक्षक रमेश खरेल, सशस्त्र प्रहरीका नायव महानिरीक्षक प्रविण श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक लक्ष्मण गुरुङ लगायत छन् । ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरिएको प्रवक्ता दुवाडीले बताए ।ऐढीका परिवारलाई दश लाख रुपैंया गृह मन्त्रालयबाट र बाँकी १५ लाख म्यादी प्रहरी हुँदा गरिएको बिमाबाट दिइने जनाइएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।