0 COMMENTS

काठमाडौं९ पुस०७४/ नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले लाङटाङको पानी काठमाडौंमा ल्याउनेदेखि छिमेकी राष्ट्र चीनलाई बिजुली बेच्नेसम्म योजना सुनाएका छन् ।

ग्लोबल वाटर पार्टनरसिप र जलस्रोत विकास संस्थाले शुक्रबार राजधानीमा गरेको १८ औं वार्षिक साधारणसभामा आयोजित आख्यानमाला ९लेक्चर सेरिज० मा विशेष अतिथिको रूपमा उपस्थित कुलमानले यस्ता योजना सुनाएका हुन् । उनले भने, “रसुवाको लाङटाङमा जलाशययुक्त आयोजना निर्माण गरेर त्यो पानी २१ किलोमिटर सुरुङमार्फत हेलम्बुमा ल्याएर त्यहाँ पनि ४ सय मेगावाट बिजुली निकालेर काठमाडौंवासीलाई स्वच्छ खानेपानी दिन सकिन्छ ।” आजको कारोबारमा खबर छ ।

छिमेकी राष्ट्र चीनले तिब्बतदेखि गेरुङसम्म ५०० केभीको २ हजार किलोमिटर लामो प्रसारणलाइन नेपालकै लागि बनाउन लागेको र गेरुङमा सवस्टेसन बनाइ ४०० केभीमा नेपालसम्म ल्याउने योजनाका साथ काम अघि बढेको उनको भनाइ छ । “गेरुङबाट केरुङ र रसुवागढी हुँदै २५० किलोमिटरमा गल्छीसम्म ल्याउने गरी योजना अघि बढेको छ,”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।