0 COMMENTS

काठमाडौं०९पुस०७४/ काठमाडौंमा लोडसेडिङ अत्या गरेर चर्चामा आएको कुलमान घिसिङले फेरी काठमाडौँका सडकमा जाम हटाउन लगि परेका छन् ।

एक सरकारी छलफल कार्यक्रममा उनले गृह मन्त्रालयलाई धेरै सवारी साधन सडकमा निस्किने व्यस्त समयमा कुनै तरिका लगाएर सार्वजनिक सवारीबाहेक अन्यलाई कम गर्दै व्यवस्थापन गर्न सुझाव दिए । काठमाडौँमा १ /२ घण्टासम्म जाम हुने गरेको छ । दिनानुदिन जाम बढिरहेको यातायात व्यवस्था विभागको निष्कर्ष छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनल पनि जाम हटाउन लगि परेका छन् । उनले सबै कार्यालय १० बजे नै खोल्ने नीति परिवर्तन गर्ने प्रस्ताव गरेका छन् । उनले छलफलहरुमा गृह मन्त्रालय र प्रहरीलाई फरक प्रकृतिका कार्यालयलाई छुट्टा–छुट्टै समयमा खोल्ने र बन्द गर्ने व्यवस्था मिलाउन आग्रह गरे । त्यस्तो व्यवस्था भएमा अहिले देखिएको ट्राफिक जामको समस्या धेरै हदसम्म समाधान हुने उनको दाबी छ । निजी क्षेत्रलाई बिहान आठ, संस्थानलाई नौ र सरकारी कार्यालयलाई १० बजे खोल्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।