0 COMMENTS

काठमाण्डाै०९पुस०७४/एमाले पार्टीबाट नव निर्वाचीत पूर्व डिआईजी नवराज सिलवाललाई गोप्य दस्तावेज कार्यसम्पादन मूल्यांकनमा किर्ते गरेको अभियोगमा नेपाल प्रहरीले पक्राउ गर्ने ठहर गरेको छ ।यस अघि सर्बोच्च अदालतले छानबिन गर्न दिएको आदेश र मुद्दा दायर भइसकेको विषयमा सिलवाल शंकाको घेरामा परेकाले प्रक्राउ गर्नुपर्ने निष्कर्षमा नेपाल प्रहरी पुगेको हो ।

प्रहरी प्रमुख अर्यालले सिलवाललार्इ पक्राउ गरेर अनुसन्धान गर्नुको विकल्प नभएको भन्दै पक्राउका लागि निर्देशन दिएको प्रहरी स्रोतले जनाएको छ ।तत्कालीन डिआईजी जयबहादुर चन्द प्रहरी प्रमुखमा सरकारी नियुक्ती भएसँगै असन्तुष्ट बनेका डीआईजी सिलवाल आफूलाई आईजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा गएकोमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली नेतृत्वको इजलासले उनको मागदाबी अस्वीकार गरेको थियो ।

प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले कार्यसम्पादन मूल्यांकनमा धेरै अंक ल्याउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दिएसँगै हालका प्रहरी प्रमुख प्रकाश अर्याललाई सरकारले नियुक्ती दिएको थियो । सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन र लोक शेवा आयोगले पेश गरेको कार्यसम्पादन मूल्यांकन फरक पर्न गएकोहुँदा सिलवाल बिरुद्ध मुद्दा दायर भएको हो ।

हालै नवनिर्वाचित सीलवाल माथी परेको मुद्दा र पक्राउ आदेशले उनी प्रवेश गरेको राजनीतीक पार्टीमा के तरंग ल्याउने हो त्यो हेर्न बाँकि छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।