0 COMMENTS

काठमान्डौँ७ पौष०७४/ विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झर्दै १ सय ७१ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना फिफाले जारी गरेको बरियतामा छ स्थान माथि चढ्दै नेपाल १ सय ७० औँ स्थानमा आइपुगेको थियो । यो महिना नेपालले एक स्थान गुमाएको हो । दक्षिण एसियाली मुलुकमा भने नेपाल चौथो स्थानमा छ ।

शीर्ष स्थानमा भारत १०५, माल्दिभ्स १ सय ५५ र अफगानिस्तान १सय ४८ औँ स्थानमा छन् । त्यस्तै, नेपालभन्दा मुनि भुटान १सय ८७, बंगलादेश १सय ९७, श्रीलंका २सय र पाकिस्तान २सय१ औँ स्थानमा छन् । विश्व बरियताको शीर्ष स्थानमा जर्मनी रहँदा दोस्रोमा ब्राजिल, तेस्रोमा पोर्चुगल, चौथोमा अर्जेन्टिना र पाँचौँमा बेल्जियम, छैटौँमा स्पेन, सातौँमा पोल्याण्ड, आठौँमा स्वीट्जरल्याण्ड, नवौँमा फ्रान्स र दशौँ स्थानमा चिली छन् । फिफाले प्रत्येक महिना बरियता सार्वजनिक गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।