0 COMMENTS

रुकुम, ७ पुस ०७४/ रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

गाउँपालिका वडा नं ६ को झारेमारे लेकबाट नदुवातर्फ आइरहेको लु २ त ५०७४ नंको ट्याक्टर दुर्घटना हुँदा चालक बाँफिकोट–७ का २३ वर्षीय निमे कुसारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा परी ट्याक्टर साहु सोही ठाउँका ३५ वर्षीय तिले खत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरेन्द्रकुमार स्वाँरले जानकारी दिनुभयो ।घाइते खत्रीको स्थानीय मेडिकलमा सामान्य उपचार गरेर थप उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।