0 COMMENTS

काठमाडौं०६पुस०७४/ बरिष्ठ सङ्गीतकार चन्द्रराज शर्माको निधन भएको छ । केही समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित संगितकार शर्माको बिहीबार बिहान निधन भएको हो । संगीत शिरोमणि यज्ञराज शर्मा र उनकी धर्मपत्नी होमकुमारीको माइलो छोराका रुपमा वि.सं.१९९६ साल फागुन २७ गते जन्मिएका शर्माले पहिलो रंगीन नेपाली चलचित्र ’कुमारी’ का संगीत दिएका थिए ।

संगीतकार शर्माले गीति नाटक मुनामदन, शोककाब्य गौरी, चलचित्र कुमारी, सत्यहरिश्चन्द्र, जीवनज्योती, भानुभक्त, श्री स्वस्थानीमा संगीत दिएका थिए । उनका मनमा माया तनमा माया, सुनौला घाम झुल्केन, हामी नदीका दुई किनारा,आँखाहरुले रुन नखोजे, चपला अबला एक सुरमा, मेरो माल मलाई फÞर्काईदे बाबु लगायतका गीतहरु चर्चामा छन् ।

त्यस्तै ए मेरी मुना नभन तेसो जुनमा फुलेकी, तिम्रो आकाशमा जुन, तिमी आफुलाई, मोतिका दाना लगायतका गीतपनि चर्चामा छन् । शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।