0 COMMENTS

खोटाङ, ६ पुस०७४/  केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा आगलागी हुँदा दर्जनौँ टहरा जलेर नष्ट भएको छ । गए राति भएको आगलागीमा हरेक बुधबारे हाटका दिन व्यवसायीले प्रयोग गर्दै आएको दर्जनभन्दा बढी टहरा जलेर नष्ट भएको हो ।

राति करिब २ बजेको समयमा आगलागी भएको थाहा भएपछि स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । बजारकैबीचमा रहेको टहरामा लागेको आगो बेलैमा निभाइएका कारण ठूलो क्षति हुनबाट जोगाइएको केपिलासगढी गाउँपालिकाका प्रमुख कृष्ण राईले बताउनुभयो ।

गाउँपालिका प्रमुखकै घर अगाडिबाट आगो शुरु भएको पाइएकाले घटनालाई स्थानीयवासीले शंकास्पद मानेका छन् । टहरामा भएको आगलागीका कारण अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।