0 COMMENTS

नुवाकोट, ५ पुस ०७४/ दुप्चेश्वर गाउँपालिका वडा नं १ घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो नियन्त्रणमा लिएको छ ।

सिआइबीले वडा कार्यालय घ्याङफेदीबाट तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

तामाङविरुद्ध नुवाकोट जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुद्दा विचाराधीन छ । भारतको वेश्यालयबाट फर्केका महिलाले दर्ता गराएको मुद्दामा रु पाँच लाख धरौटी राखी तामाङ रिहा हुनुभएको थियो ।मुद्दाको अन्तिम किनारा लाग्न बाँकी छ । गत वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उहाँ वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।