0 COMMENTS

उदयपुर०५पाैष०७४ / उदयपुरको रौतामाई गाउँपालिका -२ भुट्टारकी ४२ वर्षीया गीता गंगा खत्री दाहालको हत्या आरोपमा उनका श्रीमान् सीताराम दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमवार बिहान घरमै झुण्डिएर मृत अवस्थामा फेला परेकी दाहालको श्रीमानबाटै हत्या भएको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । माईती पक्षले श्रीमानकै कर्तव्यका कारण बहिनीको ज्यान गएको भन्दै उजुरी दिएको आधारमा दाहाललाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए ।

घटनाको दुईदिन अघि मात्र महिला माथि घरेलु हिंसा भएको उजुरीका आधारमा प्रहरी टोली खटाएको उनले बताए । प्रहरी पुगेर पारिवारिक झगडा मिलाएर फर्केको दुईदिन पछि नै महिलाको मृत्यु हुनुले आशंका जन्माएको बताए । माईतीपक्षले हत्या नै हो भनेर जिकिर गरेका कारण दाहाललाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको भनाई छ । एसपी भट्टका अनुसार दाजु ओमराज राउत लगायत माईती पक्षले वर्षौंदेखि चेली माथि अत्याचार हुदै आएको हुनाले कर्तव्य ज्यान हुन सक्ने भन्दै कारबाहीको माग गरेका छन् ।

माईती पक्षले दुई बिरुद्ध किटानी जारी दिएका छन् । जसमा श्रीमान सिताराम दाहाल खत्री र उनका भाई ज्ञानबहादुर दाहाल खत्रीको नाममा जारी दिएको भएपनि सिताराम पक्राउ परेको भएता पनि ज्ञानबहादुर फरार रहेको प्रहरीले जनाए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।