0 COMMENTS

 काठमाडाैं ५ पुस०७४/ लागूऔषध एम्पुलसहित दुर्इ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतकाे रक्साैलाका रमेश कुमार र रसियन नागिरक भिक्टाेर छिगानाेभ छन् ।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ३५ सय थान एम्पुलसहित रमेशलार्इ र एक किलाे ४ सय ग्राम चरेससहित भिक्टाेरलार्इ पक्राउ गरिएकाे जानकारी दिएकाे हाे ।

ब्यूराेका प्रमुख प्रहरी नायव महानिरीक्षक ठूले राईले एम्पुल सहितको लागुऔषध लुकाईछिपाई राखिएको अवस्थामा काठमाडौंको कलंकीबाट सोमबार भारत रक्सौलका रमेशलाई पक्राउ गरिएको बताए ।

भिक्टाेरलार्इ भने मंसीर २९ गते १ किलो ५ सय ग्राम चरेससहित पक्राउ गरिएकाे बताए । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।