0 COMMENTS

वीरगञ्ज ०५पाैस०७४/ वीरगञ्ज उपमहानगरपालिका पर्सौनी वडा नम्बर २४ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ ।

प्रहरीका अनुसार बिहान ७ बजेतिरको समयमा उद्योगमा आगलागी भएको हो । आगलागीमा परी कम्तीमा पनि ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको संख्या बढ्न सक्ने प्रहरीले रातोपाटीलाई जानकारी दियो ।

आगो निभाउनका लागि गएको वीरगञ्ज उपमहानगरपालिकाको दमकलसमेत जलेको रातोपाटी संवाददाताले बताए । ग्यास उद्योगभित्र कति मानिस थिए भन्ने पनि खुल्न सकेको छैन ।आगलागी झन-झन फैलँदै छ भने नियन्त्रण गर्न निकै कठिनाइ भएको छ ।उद्योगमा रहेका ग्यास सिलिण्डर पड्किन थालेकाछन  र अग्नी नियन्त्रण  गर्नगएकाे एउटा दमकल जलेकाे छ भने अान्य बारूण यन्त्रहरू   आगलागी भएको स्थानभन्दा २-३ सय मिटरको दुरीमा छन् र उद्योग वरपर (३ किलोमिटर) सम्म बस्ती खाली गराउने काम भइरहेको छ ।

ग्यास सिलिण्डर पड्किँदा २ वटा शव उछिट्टिएर बाहिर आएको प्रत्यक्षदर्शीले बताएका छन् । नेपाली सेना, नेपाल प्रहरीको टोली घटनास्थलमा छ । आगलागीको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।