0 COMMENTS

वीरगन्ज०५  पुस २०७४/वीरगन्ज महानगरपालिका–२२ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा भिषण आगो लागेको छ । बिहान ६ बजेदेखि आगलागी भएपनि यो नियन्त्रणमा आएको छैन । आगो निभाउन गएको दमकल आफैं आगोको चपेटामा परी जलेको छ ।

आगलागी भएसँगै त्यहाँ पुगेको विरगन्ज महानगरपालिकाको एउटा दमकलले आगो निभाउने प्रयास गरेको थियो तर आगो निभाउन गएका २ जना दमकलका कर्मचारीहरु मधुसुदन मिश्र, यादवप्रसाद अधिकारी सम्पर्कविहीन रहेका छन् भने चालक अरुणकुमार महतो र फायरम्यान सञ्जीवकुमार नेपाल घाइते छन् । उनीहरुको उपचार भइरहेको छ । दमकलका निमित्त इन्चार्ज शेरबहादुर कार्कीले २ जना अग्नीनियन्त्रक सम्पर्कविहिन रहेको पुष्टी गरेका छन् ।

अहिले त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोली त्यहाँ पुगेको छ । आगो नियन्त्रणमा लिन त्यहाँ पुगेको अर्को दमकल नजिकसम्म पुग्न नसकेपछि फर्किएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार त्यहाँ नजिकै जान सक्ने अवस्था छैन र समय समयमा विष्फोट पनि भइरहेको छ ।

त्यहाँ परिचालित सुरक्षाकर्मीका अनुसार अागलागीको समयमा त्यहाँ कतिजना कामदार र कर्मचारी थिए भन्ने यकिन भएको छैन । यस्तै समय समयमा त्यहाँ राखिएकाे सिलिन्डर विष्फोट भइरहेकोले नजिक गएर उद्दार गर्न सकिने अवस्था पनि छैन।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।