0 COMMENTS

 कपिलवस्तु०४ पुस ०७४/ कपिलवस्तुको जितपुरमा जारी नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७४ काे   प्रदर्शनीमा राखिएको नमुना धरहरा हेर्न आउनेको ओइरो लागेको छ ।भूकम्पले ध्वस्त पारेको धरहराको झल्को दिनेगरी राखिएको नमुना धरहरा हेर्नकै लागि दिन–प्रतिदिन दर्शकको भीड लाग्ने गरेको छ ।

भूकम्पले धरहरा ढलेपछि कहिले–कस्तो बन्ला भन्ने कौतुहलता सबैमा जागिरहेका बेला प्रदर्शनीमा पुरानो धरहराको झल्को दिनेगरी महोत्सवको सचिवालयनजिकै बनाइएको सुन्दर नमुना धरहराले दर्शकको मन तानिरहेको छ ।यस वर्षको मुख्य आकर्षककारुपमा धरहरा रहेको दर्शकले नै बताउने गरेका छन् । प्रदर्शनीमा सबै कुरा विगतकै जस्तै भएपनि यस वर्ष राखिएको धरहरा हेर्नकै लागि आफूहरू आएको उनीहरु बताउँछन् ।

हालसम्म जिल्लाबाहिर र भित्रका गरी १ लाख ५० हजार बढी दर्शकले प्रदर्शनीको अवलोकन गरिरहँदा दर्शकको पहिलो नजर धरहरामा जाने गरेको पाइएको महोत्सवका निर्देशक दिनेश क्षत्रीले बताए ।‘एक्काइसौं शताब्दीको आवश्यकता, युवा उद्यमशीलता’ भन्ने मुल नाराका साथ नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७४ मंसिर २३ बाट सुरु भएको हो ।

युवाको संगठन वाणगंगा वेलफेयर सोसाइटीले आयोजना गरेको महोत्सवबाट पाँच करोड रुपैयाँ बढीको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ । महोत्सव बुधबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।