0 COMMENTS

 नवलपरासी ०४पुस०७४/ नवलपरासीमा  एक व्यक्तिले विषालु सर्पले डसेका बिरामीलाई घरेलु पद्धतिबाट सफल उपचार सेवा प्रदान गर्दै आएका छन् ।

नवलपरासी गैँडाकोट–१३ सिखरौली निवासी डम्बरबहादुर थापा सर्पदंशित बिरामीलाई घरेलु उपचार पद्धतिबाट निको पार्दै यहाँ चर्चित बनेका छन् । थापा भारतीय सेनाका पूर्व कर्मचारीसमेत हुन् ।

विसं २०५४ देखि आफ्नै घरमा सो सेवा दिँदै आएका थापाले हालसम्म सर्पले डसेका करिब २०० भन्दा बढी बिरामीलाई कुशलतापूर्वक सफल उपचार सेवा दिइसकेका छन् ।

भारतीय सेनामा रहँदा चिकित्सा तालीम र आयुर्वेदमा उपवैद्य तालीम लिई प्राप्त ज्ञानलाई आफूले उपयोग गरेको थापाको भनाइ छ ।विषालु सर्पले लिन लागेको जीवन निःशुल्क रुपमा बचाउँदा आफूलाई आनन्दको महसुस हुने ६३ वर्षीय थापाको भनाइ छ ।सामान्य घरेलु उपचार पद्धतिबाट हालसम्म आफूसँग आएका सबै बिरामीलाई सफल उपचार गराउँदै आएको थापाको जिकिर छ ।

आफ्नो यस प्रकारको सीपबारे नेपाल सरकारलाई समेत अवगत हुनुपर्ने थापाको तर्क छ ।“आजसम्म मसँग सबै विषालु सर्पले टोकेर आएका मकहाँ आएका सबै बिरामीलाई मैले शतप्रतिशत निको बनाएको छु”, थापाले भने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।