0 COMMENTS

काठमाडौँ, ३ पुस ०७४/ महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको बा ३ ख २८६६ नं को बसमा झोलामा लुकाइल्याएको अवस्थामा आज बिहान १० बजे तनहुँका विक्रम अधिकारीलाई पक्राउ गरेको हो ।

प्रभागका प्रमुख केशव भट्टका अनुसार पक्राउ अधिकारीसँग १६ एम्पुल डाइजेपाम, १६ एम्पुल लुर्फिजेसिक, १६ एम्पुल फेनार्गन र एक थान सिरिञ्ज पक्राउ गरिएको जानकारी दिनुभयो ।पक्राउ अधिकारीलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको भट्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।