0 COMMENTS

काठमाडौँ, २ पुस ०७४/ यू–१५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६–० गोलअन्तरले पराजित भएको छ ।

बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक गरिन् । अनुचिङ मोगिनीले दुई तथा मोनिका चाक्माले एक गोल गरिन् ।

मोगिनीले खेलको १३आैँ मिनेटमा, चक्माले २६औँ तथा खातुनले ३२औँ मिनेटमा गोल गरिन् । पहिलो हाफको इन्जुरी समयमा मोगिनीले अर्को गोल गर्दै आफ्नो टिमलाई ४–० को अग्रता दिलाइन् ।

यस्तै, खातुनले खेलको ६९आैँ र ७२आैँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।अर्को खेलमा भारतले भुटानलाई ३–० गोलअन्तरले पराजित गर्यो ।नेपालले दोस्रो खेल मंगलबार भारतसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।