0 COMMENTS

कल्पना बोहरा,अछाम २ पुष/अछाम प्रदेश सभा क्षेत्र नं.१ का सांसद गोविन्द कुँवरलाई साफेबगर नगरपालिका वडा नं. ११ का जनताहरुले २२ सुत्रिय माग राख्दै २२ किलोको मालाद्धारा स्वागत गरेका छन । विद्युत, खानेपानी, स्वास्थ्य, शिक्षा, सडक, बेरोजगार र पर्यटकिय क्षेत्र को स्तर उन्नती लगायतका माग राख्दै त्याहाका जनताले २२ किलोका मालाले स्वागत गरेका हुन ।

विजयी र्याली तथा मतदाता भेटघाट कार्यक्रममा देविस्थान पुगेका नवनिर्वाचित साँसदले विकास निर्माणको कार्यमा जनताको आवश्यकता अनुसार विकासका लागि केन्द्रसम्म आवाज उठाउने र आफुलाई बुझाएको मागको सम्बोधन गर्ने प्रतिबद्धता गर्नु भएको थियो ।

विजयी र्याली तथा मतदातालाई भेटघाट पछि आयोजित कार्यक्रम वोल्दै सांसद कुँवरले कालालेकि जिर्णद्धार मन्दिरको मर्मतको लागि पहल गर्ने, पर्यटकिय स्थल खप्तडको लागि राष्टिय अन्र्तराष्टिय स्तरलाई चिनाउने प्रयास गर्ने बताउनुभयो ।

यस्तै देविस्थानमा रहेका शिक्षा, स्वास्थ्य, खानेपानी र वेरोजगारका समस्या समाधानको लागि प्रदेश सभामा आवाज उठाउने बताउनुभयो । एमाले वडा कमिटी अध्यक्ष राम बहादुर बोहराको अध्यक्षतामा भएको विजयी र्याली तथा मतदाता भेटघाट कार्यक्रममा माओवादि केन्द्रका केन्द्रिय आयोजक कमिटी सदस्य खकेन्द्र ओड, एमाले क्षेत्रिय सल्हाकार सदस्य लक्ष्मण खडका, कमल ओड लगायतका नेता कार्यकता लगायतको सहभागिता रहेको थियो ।

एमाले वडा कमिटी सचिव प्रेम खडकाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रुप ओडले गर्नु भएको थियो । यस्तै सोहि कार्यक्रम देविस्थानको पाल्त र खप्तडमा पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।