0 COMMENTS

काठमाण्डाै०२पाैष०७४/ नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाण-पत्रहरू बनाउने गिरोहका सदस्यहरू पक्राउ । शैक्षिक योग्यताको प्रमाणपत्रहरू, सवारी चालक अनुमती-पत्रहरू लगायतका सरकारी कागजातहरू किर्ते रुपमा बनाउने सक्रिय गिरोहहरूले अवैध रूपमा नक्कली कागजातहरू बनाई सर्वसाधारणबाट ठुलो रकम असुल गरीरहेको भन्ने   बिशेष सुचनाको आधारमा काठमाण्डौको बिभिन्न स्थानमा रहेको आठ वटा फोटो स्टुडियोमा छापामारी  बिभीन्न व्यक्तिहरूलाई प्रमाण सहित   पक्राउ गरी गरेकाे छ पक्राउ हुनेहरूमा रूकम झुला गा.बि.स. वडा नं. ३ घर भई हाल  धापासी टोखा न.पा. ५ बस्ने  २३  बर्षीय न्यू लुम्बिनी कमिन्यूकेशन एण्ड डिजिटल फोटो स्टुडियो (संञ्चालक)   टेक बहादुर बुढा मगर,  रोल्पा माडी गा.पा. ४ साविक तालावाङ २ घर भई हाल का.जि.नयां बसपार्क हिलेटोल मनमैजु बस्ने  राप्ती फोटो स्टुडियो (संञ्चालक) ३० बर्षीय रामजी प्रसाद डि.सी लार्इ  बिभीन्न सामाग्री सहीत पक्राउ गरी काठमाण्डौ    जिल्ला अदालतबाट सरकारी छाप दस्तखत किर्ते मुद्धामा म्याद थप लिई अनुसन्धान भई रहेको छ ।

वरामद भएका सामानहरू:-
 नेपाल सरकार लेखेको होलो ग्राम, विभिन्न व्यक्तिहरूको नामको सवारी चालक अनुमती
पत्रहरू, HSEB को प्रोभिजनल सर्टिफिकेट, SLC को मार्क सिट, TU को Academic
Transcript, Character Certificate, विभिन्न संस्थाहरूको रवर Stamp, यातायात
व्यव्स्था कार्यालयको खाली स.चा.अ.प.को कार्ड, Section officer लेखेको रवर Stamp
लगायतका कागजातहरू ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।