0 COMMENTS

काठमाडौं०२पाैष०७४/ राजधानीमा चोरी गर्न आएको भारतीय समूह समातिएका छन् । शनिबार सात जनाको समूहलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको बताएको छ ।

बिहार घर भएका दिनेश पोदार, मुकेश कुमार पोदार, केतुल पोदार, चन्तन पोदार, सुरज पोदार, बिकास पोदार र उनीहरुको नेपाली साथी बाराका राजकुमार अधिकारीलाई पक्राउ गरेको हो ।

चोरी गर्न हिडेको अवस्थामा महाशाखाको टोलीले सिनामंगलबाट उनीहरुलाई पक्राउ गरेको हो । केही घडि लगायत चोरी भएका सामानहरु समेत प्रहरीले बरामद गरेको छ । उनीहरुबाट भएका चोरीका घटनाहरुको अनुसन्धान भइरहेको अपराध महाशाखाका प्रहरी निरीक्षक भरत थापाले बताए ।

उनीहरु चोरी गर्नै उदेश्यले नै नेपाल आएको प्रहरीले जनाएको छ । कवाडी सामान टिप्ने बहानामाले विभिन्न घरमा गएर निगरानी गर्ने चोरी गर्ने महाशाखाले जनाएको छ । गौशला,तिलगंगाका सुकुम्बासी बस्तीमा लुकेर बस्ने चोरीपश्चात् भाग्ने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।