0 COMMENTS

काठमाडौँ२ पुस०७४/ खाना पकाउने ग्यास, भाँडा कुँडा, ओभन, दुई वटा बाथरूम, भान्छा, दराज, गिजरलगायतका सुविधा सम्पन्न वीर अस्पतालको अति विशिष्ट क्याबिन २६ वर्षदेखि खाली छ। सो क्याबिनमा बिरामी र कुरूवा सुत्ने कोठा, बिरामी भेटन् आउँदा भेटघाट गर्ने कोठा, वेटिङ कोठा र सुत्ने कोठा गरी ८ वटा कोठा छुट्ट्याइको छ। कुनै सुविधाको कमि छैन सो क्याबिनमा।

तर यो कक्षमा भर्ना भएर उपचार गर्न पनि विशिष्ट व्यक्ति नआउँदा खाली रहँदै आएको छ। सो कक्ष खाली भएको पनि करिब २ होइन २६ वर्ष भइसक्यो।

कुनै पनि बेला देशको विशिष्ट व्यक्ति उपचार गर्न आउने सम्भावनामा अस्पतालले क्याबिनका लागि सफाइ कर्मचारी र नर्सिङ कर्मचारी तैनाथ गरेको छ। क्याबिन भित्र आवश्यक सामान पनि तयारी अवस्थामा छन्। तर सो क्याबिन प्रतिक्षामै सिमित छ। २०४६ सालपछि प्रजातन्त्र पुनर्थापना भएपछि सो क्याबिनमा कुनै पनि भिभिआइपीले उपचार सेवा लिएका छैनन्। नागरिकमा खबर छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।