0 COMMENTS

दमक २ पुस ०७४/ दमकमा विश्वकै अग्लो बुद्धको मुर्ति स्थापना गर्ने तयारी अघि बढेको छ । यसका लागि कागजी काम भइरहेको दमक नगरपालिकाले जनाएको छ ।

दमक–३ मा पाँच सय ४२ फिट अग्लो मुर्ति राख्नका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको नगरपालिकाले जनाएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद बैठकले दमकमा औद्योगिक पार्क र बुद्धको मुर्ति राख्ने निर्णय गरेको थियो ।कार्यकारी अधिकृत युवराज दाहालले मुर्ति बनाउनका लागि अहिले जग्गा अधिग्रहणमा केही समस्या देखिएको बताए ।

उनले प्रदेश र संघीय संसद बनेपछि बन मन्त्रालयको जग्गा अधिग्रह्ण गरेर निर्माणको काम अघि बढाइने बताए ।१५ अर्ब ७५ करोडको लागतमा दुई सय ५६ विगाहमा बन्ने भनिएको बुद्धको पूर्ण कदको मुर्तिका लागि २५ विगाहबाहेक अन्य जग्गा अधिग्रहण गर्न बाँकी छ ।मुर्ति स्थापनाका लागि चीन, ताइवान र कोरियाले चासो देखाएको उनको भनाइ छ । -अन्नपूर्णपोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।