0 COMMENTS

काठमाण्डौ०१पाैष०७६/ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीबीच पार्टी एकता र नयाँ सरकार गठनबारे छलफल भएको छ । दुई नेताबीच शुक्रबार राजधानीमा नयाँ सरकार गठन, पार्टी एकता प्रकिया, राष्ट्रिय सभाको गठन र समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

छलफल अत्यन्तै सकारात्मक भएको र आवश्यक गृहकार्य गरेर अघि बढ्ने दुई अध्यक्षबीच समझदारी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र वाम गठबन्धनले परिणाममूखी नतिजा प्राप्त गरेको पनि निष्कर्ष निकालेका छन् । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।