0 COMMENTS

  मंसिर२९मंसिर ०७४/भारतको मुख्य विपक्षी दल कंग्रेस पार्टीको अध्यक्ष पदबाट सोनिया गान्धीले राजिनामा दिनुभएको छ ।नयाँ अध्यक्षका रुपमा उहाँका छोरा राहुल गान्धी चुनिए लगत्तै सोनियाले पदबाट राजीनामा दिनुभएको हो ।

१९ वर्षसम्म कांग्रेसको अध्यक्ष पद सम्हाल्नुभएकी सोनियाले बिहीबार राजिनामा दिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । सोनिया सन् १९९८ मा पार्टी अध्यक्ष बन्नुभएको थियो भने त्यसको एक वर्षपछि सांसद बन्नुभएको थियो ।

पार्टीको अध्यक्षबाट राजीनामा दिए पनि राजनीतिबाट भने सन्यास नलिएको उहाँको पार्टीले जनाएको छ । सोनिया आफ्ना पति राजिव गान्धिको हत्या भएको तीन वर्षपछि अर्थात सन् १९९४ मा राजनीतिमा प्रवेश गर्नुभएको थियो ।

पछिल्लो समय अस्वस्थ हुन थालेपछि सोनियाले पार्टीबाट राजीनामा दिने मनस्थिति बनाउनुभएको थियो । उहाँको नेतृत्वको कांग्रेसले २००४ र २००९ को आम निर्वाचन जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।