0 COMMENTS

काठमाडौँ, २९ मंसिर/बंगलादेशमा आयोजना हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

आगामी पुस २ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुन २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्यसचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघका पदाधिकारी लगायतले सफलताको कामनासहित बिदाइ गर्नुभयो ।

पुस ९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत र भुटान सहभागी छन् । पुस २ गते प्रतियोगिताको उद्घाटनका अवसरमा नेपालले आफनो पहिलो खेल बंगलादेशसंग सामना गर्ने भएको छ ।त्यसैगरी दोस्रो खेल पुस ४ गते भारत र ६ गते भुटानसंग सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।