काठमाडौं२९मंसिर०७४/ सर्वाेच्च अदालतले कैलाली १ बाट निर्वाचित सांसद एवं टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीको मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ ।
चुनाव जिते पनि विजेता प्रमाण पत्र पाउन नसकेका रेशमका भाईले प्रमाणपत्र पाउनु पर्ने मागसहित सर्वोच्चमा तीन दिनअघि रिट निवेदन दिएका थिए । तर, सर्वाेच्चले शुक्रबार निवेदन लिन अस्वीकार गर्दै फिर्ता पठाइदिएको हो ।यस्तो प्रकृतिको मुद्दा वारेसमार्फत दर्ता हुन नसक्ने भन्दै सर्वोच्चले दरपिठ गरेको हो । अदालतले रेशम चौधरी स्वयम् उपस्थित भए मुद्दा दर्ता गर्नेबारे सोच्न सकिने पनि दरपिठमा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्