0 COMMENTS

कञ्चनपुर २९ मंसिर०७४ / गएको मंसिर २१ गते भएको प्रतिनिधि र प्रदेश सभा चुनावको समानुपातिक तर्फ कञ्चनपुर क्षेत्र नं १ मा सबैभन्दा बढी मत नेकपा माओवादी केन्द्रले पाएकाे छ ।

उक्त क्षेत्रमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मोओवादी नेतृ बीना मगर प्रतिस्पर्धी भन्दा दोब्बर मतले विजयी भएकी थिइन ।उक्त क्षेत्रमा जम्मा ६३ हजार ४१६ मत खसेकोमा प्रतिनिधिसभा तर्फ नेकपा माओवादी केन्द्रले १९ हजार ०१३ मत प्राप्त गरेर पहिलो भएको छ । भने नेपाली कांग्रेसले १६ हजार ७५३ मत ल्याई दोस्रो भएको छ । १५ हजार ८४५ मत प्राप्त गरी नेकपा एमाले तेस्रो भएको छ ।त्यसैगरी प्रदेशसभातर्फ माओवादी केन्द्रले १७ हजार ०१७, एमालेले १५ हजार ८३१ र कांग्रेसले १५ हजार २४९ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।