0 COMMENTS

काठमाण्डाै२८मंसिर०७४/सामाजिक संजाल फेसबुक मार्फत  सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी लाइ  सामाजीक संन्जालमा  अत्यन्त अमर्यादित, अशोभनिय शब्द प्रयोग गरी राष्ट्र प्रमुखको मानमर्दन गर्ने खालका फेसबुक Status upload गर्ने कार्यमा संलग्न रही फरार रहेका तनहुँ बन्दीपुर न.पा. वडा नं.२ घर भई हाल  काठमाण्डौ कालीमाटी बस्ने बिबेक बानिया लाइ प्रहरी अनुसन्धान ब्युराे महाराजगन्जले अाज काठमाण्डाैबाट पक्राउ गरेकाे छ । निज बिबेक बानिया लाइ बिद्युतीय ( ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको मुद्दामा आबश्यक अनुसन्धान कार्य भई रहेको छ ।  साे मुद्दा पुस्टिभएमा बिद्युतीय( ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार ५ बर्ष सम्म कैद र रु. १ लाख सम्म जरिवाना वा दुवै हुनसक्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।