0 COMMENTS

काठमाडौं २८ मंसिर०७४/ प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनले बहुमत प्राप्त गरेसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहितका पदको भागबण्डाको गृहकार्य एमाले–माओवादीले सुरु गरिसकेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भागबण्डाको गृहकार्य गर्न दोस्रो तहका नेताहरूलाई जिम्मेवारी दिइसकेको बताइन्छ । स्रोतका अनुसार राष्ट्रपतिमा विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुन नै दोहोरिने सम्भावना छ । ओली र प्रचण्डबीच भण्डारी र पुनलाई नै यथावत राख्ने विषयमा एकचरण कुराकानी समेत भइसकेको छ । तर, सो विषयमा लिखित सहमति भने भएको छैन ।

सभामुख र उपसभामुखमा पनि कुराकानी सुरु भएको छ । सभामुखमा दुईजनाले दाबी गरेका छन् । ओनसरी घर्ती र सुवासचन्द्र नेम्वाङले । नेम्वाङले राष्ट्रपति पद पनि ताकेका छन् । तर, नेम्वाङले राष्ट्रपति पाउने कुनै पनि सम्भावना नरहेको एमाले स्रोत बताउँछ । त्यस्तो अवस्थामा उनले सभामुख पुनः चलाउने लोभ देखाएका छन् । नेम्वाङले प्रधानमन्त्री बन्ने अवसर पनि पाउने छैनन् । सभामुख बन्नका लागि ओनसरी घर्तीले पनि भित्रभित्रै कुरा चलाएको स्रोतको भनाई छ ।

उपसभामुख भने नेपाली कांग्रेसलाई दिनुपर्ने कुरा उठेको छ । कांग्रेसले अहिलेको समीकरणका कारण धेरै विषयमा दाबी नगरे पनि उपसभामुख दाबी गर्ने देखिएको छ । एमालेका अध्यक्ष ओली पनि अहिलेकै राष्ट्रपति र उपराष्ट्रपतिलाई दोहो¥याउने योजनामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।