0 COMMENTS

काठमाडौं २८ मंसिर०७४/ लगानी गर्न नसक्दा बैंक तथा बित्तीय क्षेत्रमा पैसा थुप्रिन थालेको छ । चालु आवको पहिलो महिनासम्म लगानीयोग्य पैसाको अभवा भएको बैंकिङ क्षेत्रमा पछिल्लो चार महिनामा ३४ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
गत वर्ष यसै समयमा बैंकमा लगानीयोग्य पुँजीको चरम अभाव थियो । बैंक तथा बित्तीय संस्थामा हाल ३४ अर्ब तरलता देखिएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए ।

तरलता बढ्दै गए पनि बैंकहरुले लगानी बढाउन सकेका छैनन् । देश चुनावी माहोलबाट बाहिर निस्किएको छ । अब लगानीको वातावरण बन्ने र कर्जाको माग हुने बैंकर्सहरुले बताएका छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।