झापा २७ मंसिर०७४/ ९६ हजार नक्कली भारतीय नोटसहित एक भारतीय नागरिक बुधबार झापामा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पश्चिम बंगाल, आलमगन्ज तालगाछि हरिसचन्द्रपुर, माल्दा निवासी ३१ वर्षीय मोहमद अरजउल करिम मियाँ रहेका छन् ।
उनलाई इप्रका दमकले दमक–६ स्थित सब्जी बजारबाट नक्कली ४८ थान भारतीय रुपैयाँ दुई हजारको नोटसहित पक्राउ गरेको हो ।पक्राउ परेका मियाँलाई इप्रका दमकमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।उनलाई मुलुकी ऐनको महल–६ को दफा–८ अन्तर्गत् खोटाचलन मुद्दा चलाइने तयारी भइरहेको प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए ।
प्रतिक्रिया दिनुहोस्