0 COMMENTS

कल्पना बोहरा २७ मंसिर, अछाम/अछाम जिल्लामा ३.५१ प्रतिशत मत बदर भएका छन । मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६१.१७ प्रतिशत मत खसेको थियो । कुल खसेको ८६ हजार ८७४ मध्ये २ हजार ९४८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय अछामले जानकारी दिएको छ ।

यस्तै प्रतिनिधिसभाको क्षेत्र नं. १ मा ४३ हजार ३८० खसेको मतमा १२ सय ९८ मत बदर भएका छन् । जुन ४२ हजार ५८२ सदर मतको ३ प्रतिशत हो । यस्तै क्षेत्र नं. २ मा कुल ४२ हजार ८९४ खसेको मतमा ४ प्रतिशत मत बदर भएका छन । प्रदेशसभाको खसेको मतमा २.३ देखी ५.५ प्रतिशतसम्म मत बदर भएका पाइएको छ ।

बदर मतमा दुईटा छाप लाएको, ल्याप्चे लाएको बढी भेटिएको जिल्ला निर्बाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिए । उनका अनुसार ७ नम्बर प्रदेशका अन्य जिल्ला भन्दा कम मत बदर भएका छन ।

प्रत्यक्ष मतमा कम चिन्ह भएका कारण बदर कम भएपनि समानुपातिकमा बदर मतको संख्य बढी हुने अनुमान गरिएको मतगणनामा रहेका नेकपा एमालेकी समानुपातिक उम्मेदवार दुर्गा बिकले बताईन । मतदाता शिक्षाका लागि निर्बाचन आयोगले करोडौ रकम खर्च गरे पनी मतदाता शिक्षा प्रभावकारी हुन नसकेको बदर मतपरिणामले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।