0 COMMENTS

कल्पना बोहरा , अछाम २६ मंसिर/नेकपा एमालेका उपाध्यक्ष तथा अछाम १ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य भीम रावलको वियजी खुसीयालीमा ठूलो (याली) निकालिएको छ । पुर्व उपप्रधानमन्त्री समेत रहनु भएका रावलको जुलुसमा हजारौँ कार्यकर्ता तथा आम नागरिक सहभागी भएका छन् ।

एमाले उपाध्यक्ष रावलको स्वागत गर्न ठाउँ ठाउँमा कलश राखिएको छ । मानिसहरुले रावललाई अबिर र माला लगाएर बधाई दिइरहेका छन् । उपाध्यक्ष रावल मतदातालाई धन्यवाद दिन आफ्नो क्षेत्रमा घुमिरहेका छन् । रावलले मतदातासँग हात मिलाएर धन्यवाद दिँदै आफूले गरेका प्रतिबद्धताहरु सबै पुरा गर्ने बाचा गरिरहेका देखिन्छन् ।

उपाध्यक्ष रावलको साथमा प्रदेश १ (क)मा निर्वा्चित भएका नेकपा एमालेका गोबन्द कुँवर र प्रदेश (ख)मा निर्वा्चित भएका माओबादी केन्द्रका झपट वहादुर बोहरा पनि थिए ।

नेपाली काँग्रेसका उम्मेदवार भरतकुमार स्वारलाई उपाध्यक्ष रावल ७ हजार १६ सय ४ मतान्तरसहित पराजित गरेका हुन् । अन्तिम मतपरिणाम अनुसार रावलल२४ हजार, ८ सय, ८३ प्राप्त गर्दा काँग्रेसका भरतकुमार स्वारले १७ हजार, ७ सय, १९ मत ल्याए ।

तस्विरः कल्पना बोहरा अछाम

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।