0 COMMENTS

रमिला बस्नेत ,उदयपुर ,मंसिर २५ /उदयपुर प्रतिनिधिसभा १ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।प्रतिस्पर्धीलाई ५४८ मतले पछि पार्दै कांग्रेसका उम्मेदवार डा. नारायण खड्का विजयी भएका हुन् ।खड्काले ३३ हजार १४२ मत ल्याएका छन् ।बाम गठबन्धनका उम्मेदवार मञ्जु चौधरीको पक्षमा ३२ हजार ५९४ मत खसेका छ ।

को हुन् डा. नारायण खड्का?
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । उहाँका बुबाको नाम चित्रबहादुर खड्का र आमाको नाम धर्मकुमारी खड्का हो । २०२३ सालमा विद्यार्थी संगठनबाट राजनीतिक यात्रा थालेका खड्काले अर्थशास्त्रमा भारतको पुनेबाट विद्यावारिधी (पिएचडी) गर्नुभएको छ ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत भएका खड्काले नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा उहाँको सल्लाहकारका रुपमा काम गर्नुभएको थियो । यस्तै उहाँ शहरी विकास मन्त्री समेत बन्नु भएको थियो ।

२०६४ सालको संविधानसभा चुनावमा उदयपुर क्षेत्र नम्वर १ बाट विजयी भएका खड्काले १४ हजार ४ सय ६८ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी एकीकृत नेकपा (माओवादी) का राजन किराँतीले १३ हजार २ सय ३६ मत र तेश्रो स्थानमा रहेका नेकपा एमालेका अशोककुमार राईले ९ हजार ८ सय १० मत प्राप्त गर्नुभएको थियो ।

दोश्रो संविधान सभाको चुनाव २०७० मा पनि खड्का यही क्षेत्रबाट १५ हजार ३ सय ८१ मत ल्याएर विजयी हुनुभयो । खड्का यस क्षेत्रमा विकासवादी नेताका रुपमा परिचित हुनुहुन्छ ।खड्काले ३३ हजार १४२ मत ल्याएका छन् ।बाम गठबन्धनका उम्मेदवार मञ्जु चौधरीको पक्षमा ३२ हजार ५९४ मत खसेका छ ।विजयी उम्मेदवारको आधिकारी घोषणाको भईसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।